'बस भीरबाट बस खसालेर १४ जना मार्ने चालकको लाइसेन्स नक्कली भेटियो''
असार, ६ सिन्धुपाल्चोक - बस भिरबाट खसालेर फरार चालकको लाइसेन्स नक्कली भेटिएको छ । दुई साता अघि सल्लेभीरबाट बस खसालेर भागेका चालक माइला तामाङको सवारी चालक अनुमतिपत्र 'लाइसेन्स' नक्कली भएको पुष्टि भएको हो । उक्त दुर्घटनामा १४ जना गाउँलेको मृत्यु भएको थियो । २७ जना घाइते छन ।'पक्राउपछि हिरासतमा राखेर प्रहरीले गरेको अनुसन्धानबाट यस्तो तथ्य बाहिर आएको हो । तामाङको नाममा जारी लाइसेन्स बारे जानकारी लिंदा बागमती अञ्चल यातायात कार्यालयले उक्त लाइसेन्स जारी नै नभएको बताएको पुष्टिगरेपछि प्रहरीले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको माग गर्दै मुद्धा चलाउने भएको छ ।'
मंगलबार जिल्ला अदालतमा हाजिर गराई अनुसन्धानका लागि १० दिनको म्याद लिएपछि इलाका प्रहरी कार्यालय मेलम्चीका इन्सपेक्टर सदीप्रराज पाठकले तामा«माथि अब कर्तव्य ज्यान मुद्दामा कारबाही चलाउने बताउनुभयो ।'
(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरेपछि मात्र खुल्नेछ)
|
|
|
