बिश्वका फेन्ट्यासी महिलाको सूचीमा नेपालकी अमृता

७ असार, काठमाण्डौं । नेपाली मूलका नयाँ पुस्ताले बिश्व ग्लामर तथा फेसन बजारमा एकपछि अर्को गर्दै उच्चस्थान बनाउन थालेका छन् । 

हालै एक नेपाली युवतीले बिश्वका उत्कृष्ट १ सय फ्यान्टासी महिलाको सूचीमा आफ्नो नाम लेखाउन सफल भएकी छिन् । काठमाण्डौमा जन्मिएर नर्वेलाई कर्मथलो बनाइरहेकी अमृता आचार्यले सूचीको ९४ औं स्थानामा परेकी छिन् ।



हलिउड, बलिउडमा नाम कहलिएका सेलिब्रीटीको गतिबिधि प्रकाशित हुने बहुराष्ट्रिय पत्रिका ‘पिपुल’ले हालै प्रकाशन गरेको सूचीमा अमृता पनि रहेको शुक्रबार प्रकाशित साप्ताहिकले छापेको छ । 

एचवीओ च्यानलबाट प्रसारित हुने लोकपि्रय धारावाहिक ‘गेम अफ थ्रोन्स’ तथा ‘द डेभिल्ड्स डवल’की मुख्य अभिनेत्री अमृताको थर भने आचारिया लेखिएको छ ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरेपछि मात्र खुल्नेछ)

v logo

(भिडियो गोप्य राखिएको हुनाले माथिको बक्सभित्र क्लिक गरेपछि मात्र खुल्नेछ)

,

Powered by Blogger.