'काँग्रेस सभापति कोइराला अमेरिका जाने''
असार, ११ काठमाण्डौं - नेपाली काँग्रेसका सभापति सुशील कोइराला स्वास्थ्य उपचारका क्रममा बिहीबार अमेरिका जाने भएका छन् । केही समययता स्वास्थ्य अवस्था कमजोर बन्दै जान थालेपछि कोइराला स्वास्थ्य परीक्षणका लागि अमेरिका जाने भएका हुन् ।''२०६३ सालमा जिब्रोमा समस्या आएपछि कोइरालाको उपचार अमेरिकामा भएको थियो । जिब्रोको शल्यक्रिया भएदेखि उनको जिब्रोको परीक्षण प्रत्येक बर्ष जुलाईमा हुँदै आएको थियो । तर, गत बर्ष भने कोइराला सेप्टेम्बरमा मात्र अमेरिका गएका थिए । बिहीबार अमेरिका जाने योजनामा सभापति कोइराला रहेको पारिवारिक स्रोतले जनाएको राजधानी दैनिकमा खबर छ । कोइरालाले एक सातासम्म स्वास्थ्य परीक्षण गराई स्वदेश र्फकने कार्यक्रम रहेको छ।''तलको बक्समा क्लिक गर्नुहोस
(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरेपछि मात्र खुल्नेछ)
|
|
|
