मृतकका परिवारलाई मलेसियाबाट आर्थिक सहयो


image
बैदेशिक रोजगारीका क्रममा १ महिनाअघि मलेसियामा ज्यान गुमाएका मृतकका परिवारलाई मलेसियामा कार्यरत नेपालीले आर्थिक सहयोग गरेका छन् । गत मार्च १८ मा उनी बस्दै आएको कम्पनीको होस्टल परिसरमै झुण्डिएर मृत्युवरण गरेका मगरागढी ६, सिनिआ बर्दियाका पवन गौतमका परिवारलाई मलेसियास्थित एकै कम्पनीमा कार्यरत नेपालीले आर्थिक सहयोग संकलन गरि पठाएका हुन् ।
जाहोरस्थित सेनाइको एफसिआइ कनेक्टर नामक कम्पनीमा कार्यरत हेमचन्द्र राई, भिषराज योङहाङ, दुर्गा बहादुर दर्लामी, तेज बहादुर तामाङ र कृष्ण बुढाथोकी लगायत नेपाली युवाले सहयोग स्वरुप संकलित रु. ६९ हजार ९ सय ५५ गत आइतबार पठाएका हुन् ।
सो रकम नेपालस्थित मृतकका बाबुआमाले बुझिसकेको सहयोगी हेमचन्द्रले बताए । रोजगारीका क्रममा यहा“को एफसिआइ कनेक्टर नामक कम्पनीमा कार्यरत उनले नेपालबाट आएको ५ दिनपछि झुण्डीएर मृत्युवरण गरेका थिए । मृतक गौतमको शवलाई पोष्टमार्टमपछि यही अप्रील ४ मा नेपाल पठाइसकीएकोसमेत हेमचन्द्रले जनाए ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरेपछि मात्र खुल्नेछ)

v logo

(भिडियो गोप्य राखिएको हुनाले माथिको बक्सभित्र क्लिक गरेपछि मात्र खुल्नेछ)

,

Powered by Blogger.