कुखुराको भालेको मुल्य तीन हजार



भाले-zhangmu-china+1152_13091636468-tpfil02aw-6684
भक्तपुर, चैत ३१ – कुखुराको भालेको मूल्य तीनहजार भन्दा अचम्म लाग्न सन्क्छ । तर मध्यपुर थिमीको बालकुमारी र भक्तपुरको तौमढीमा शनिवार कुखुराको भाले प्रतिगोटा दुईदेखि तीन हजार रुपैयाँसम्ममा बिक्री भएको छ ।
गाउँ–गाउँबाट भाले लिएर आएका व्यापारीले लोकल कुखुराको भाले मंहगो हुने गरेको भन्दै एउटा भालेको तीनहजारसम्म लिएका छन् ।
भाले बेच्न दधिकोट, कटुञ्जे, बालकोट, दुवाकोट, सिपाटोल, नँखेलदेखि नाला काभ्रे, पनौतीसम्मका मानिस बालकुमारी र तौमढीमा आएका छन् ।
घरमा पालेको लोकल भाले महँगो हुनेभएकाले ठूलो भाल तीनहजार रुपैयाँमा बेचेको काभ्रेबाट आएकी कान्छीमाया तामाङले बताउनुभयो ।
बिस्केट जात्रामा विहीवारदेखि बैशाख ३ गतेसम्म मध्यपुरथिमीका बासिन्दाले बालकुमारी मन्दिरमा भालेको बलि दिई पूजा गर्ने र यता भक्तपुरको भेलुखेलमा लिङ्गो जात्रामा र अन्य बिभिन्न मन्दिरमा भालेको बली दिएर पुजा गर्ने परम्परा रहेकाले भाले अनिवार्य चाहिने हुँदा बढी मूल्य तिर्नु परेको स्थानीयबासिन्दाले बताएका छन् ।
व्यापारीहरूले ट्र्याक्टरमै ल्याएर शुक्रवारदेखि नै हजारौ भाले बिक्री गरिरहेका छन् । भक्तपुरमा जात्रा अबधिभर नै भालेको बिक्री हुने गर्दछ ।
उज्यालो

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरेपछि मात्र खुल्नेछ)

v logo

(भिडियो गोप्य राखिएको हुनाले माथिको बक्सभित्र क्लिक गरेपछि मात्र खुल्नेछ)

,

Powered by Blogger.