हरिवंशको ‘चिना हराएको मान्छे’ आयो (मूल्य २ हजार रुपैयाँ)


प्रसिद्ध हास्य कलाकार हरिवंश आचार्यको जीवनी ‘चिना हराएको मान्छे’ हिजोदेखि बजारमा आएको छ । ललितपुरमा हिजो आयोजित कार्यक्रममा वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल–बात्सायनले हरिवंशको पुस्तकको शीर्षकसँग मिल्नेगरी बनाएको ब्यंग्यचित्र देखाएर पुस्तक विमोचन गरिएको थियो ।
हरिवंश आचार्यको बाल्यकाल, कलाकारितामा प्रवेश, कलाकारितामा सफलता, पत्नीवियोग, पुनर्विवाह लगायत जीवनका उतार चढाव पुस्तकमा उतारिएको छ । हरिवंशले आफ्नी दिवंगत पत्नी मीराको पुण्यतिथीको दिन पारेर आफ्नो जीवनगाथा सार्वजनिक गरेका हुन् । अहिले हार्डकभरमा मात्रै बजारमा ल्याइएको यो पुस्तकको मूल्य २ हजार रुपैयाँ रहेको छ ।
news
जसको विक्रीबाट प्राप्त हुने रकमको ९० प्रतिशत काभ्रेको शंखुमा मीरा आचार्यको नाममा स्थापित मीरा चाइल्ड केयर सेन्टरलाई प्रदान गरिने जनाइएको छ । तर, सर्वसाधारणका लागि लक्षित पुस्तकको मूल्य भने ३ सय ९८ पर्ने प्रकाशक फाइन प्रिन्टले जनाएको छ ।
‘चिना हराएको मान्छे’ अमेजन, फिल्पकार्प, होमसप एटिन जस्ता अनलाईन स्टोरबाट समेत खरिद गर्न सकिने पनि जनाइएको छ । नेपाली भाषाको पुस्तक अन्तर्राष्ट्रिय अनलाईन स्टोरबाट विक्री हुन लागेको यो नै पहिलो पटक भएको पनि जनाइएको छ ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरेपछि मात्र खुल्नेछ)

v logo

(भिडियो गोप्य राखिएको हुनाले माथिको बक्सभित्र क्लिक गरेपछि मात्र खुल्नेछ)

, , , ,

Powered by Blogger.