'केटी भनेको भर्जिन हुनुपर्छ पब्लिक त ट्वाइलेट पनि हुन्छ ''
'केटी भनेको क्युट हुनुपर्छ, हट त उसिनेको आलु पनि हुन्छ’ रिलिजको तयारीमा रहेको फिल्म होस्टेलका नायकद्वय अनमोल केसी र सलोन बस्नेत पालैपालो भन्छन्– ‘केटी भनेको हट नै हुनुपर्छ, क्युट त पप्पी पनि हुन्छ।’ होस्टलको प्रोमो र सामाजिक सञ्जालबाट अनमोल र सलोनको यस्ता संवाद सार्वजनिक भएपछि यही प्रकारका संवाद सामाजिक सञ्जालदेखि बलिउडसम्म पैmलिएका छन्।'सर्वसाधारणदेखि कलाकार, पत्रकार, निर्माता, निर्देशकसम्मले यस्तो किसिमको संवाद बनाई फेसबुकमा पोस्ट गर्न थालेपछि होस्टलको प्रमोसन सरल र रोचक बन्न पुगेको छ। फिल्मको डाइलगको फलो गर्दै फेसबुकमा निरन्तर पोस्ट भइरहेका छन्– ‘मान्छे भएर बिन्दास हुनुपर्छ, सिरियस त बिरामी पनि हुन्छ।’ अर्को कसैले पोस्ट गरेछ– ‘केटी भनेको भर्जिन हुनुपर्छ पब्लिक त ट्वाइलेट पनि हुन्छ।’'
केटीहरुले पनि केटालाई छोडेका छैनन्, एक फेसबुक युजरले डाइलग बनाएका छिन्– ‘ब्वाइफ्रेन्ड भनेको प्राइभेट हुनुपर्छ, पब्लिक त ट्वाइलेट पनि हुन्छ।’ फेरि अर्कोले टिप्पणी गरेका छन्– ‘केटी भनेको त सोझी पो हुन पर्छ, बांगो त कुकुरको पुच्छर पनि हुन्छ।’'
अर्का फेसबुक युजरले थपेका छन्– ‘केटी भनेको बोल्ड र ब्युटी पो हुनुपर्छ फेयर एन्ड लभ्ली त क्रिम पनि हुन्छ।’ आधुनिक जमानाको प्रतिनिधित्व गर्दै केटीबाटै कमेन्ट आएको छ– ‘केटी भनेको मस्त हुनुपर्छ भर्जिन भनेको त रक्सी पनि हुन्छ।’ त्यसै गरी होस्टलको संवादलाई लिएर नेपालको झन्डाको सान बढाइएको छ– ‘झन्डा त हाम्रो नेपालको जस्तो पो हुनुपर्छ, चारपाटे त सिंगान पुछ्ने रुमाल नि हुन्छ।’ राजनैतिक नेताहरुलाई पनि छोडिएको छैन। फेसबुकमै भनिएको छ– ‘नेता त सबै हुन्छन् तर संविधान बनाउने कम नै हुन्छन्।’ कमसल उत्पादनलाई उडाउँदै भनिएको छ– ‘पहिचान भनेको नेपाली हुनुपर्छ, चाइनिज त मोबाइल पनि हुन्छ।’'
(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरेपछि मात्र खुल्नेछ)
|
|
|
