अनु र रुपा प्रहरीका श्रीमती''

'असारको दोश्रो साताबाट छायांकनमा जान लागेको चलचित्र ‘बर्दी’का लागि सम्पुर्ण कलाकार पक्का गरिएको निर्माणपक्षले जानकारी दिएको छ । बिजय विक्रम बस्नेतको निर्देशनमा तयार हुन लागेको यो सिनेमालाई संचारकर्मी कुमार आचार्यले निर्माण गर्न लागेका हुन् ।चलचित्रमा अनु शाह, रुपा खनाल, कुशल थापा, विरेन डीसी, शिव खड्का, सरोज शाह, भानु प्रतापको अभिनय रहने पक्का भएको छ ।''

चलचित्रका लागि सम्पुर्ण कलाकारसँग मंगलबार संझौता गरिएको निर्माता आचार्यले जानकारी दिएका छन् । चलचित्रमा विकास चौधरीको संगीत, प्रदिप श्रेष्ठको नृत्य रहनेछ । चलचित्रले देशमा ‘बर्दी’ लगाएको प्रहरी नै भएन भने कस्तो अवस्था सिर्जन होला भन्ने देखाउन खोजेको छ ।'
निर्देशक बस्नेतले भने, ‘नेताहरुले प्रहरीलाई कसरी प्रयोग गर्छन् भन्ने बिषयलाई जडमा पुगेर देखाउने प्रयासमा छौ ।’ चलचित्रमा नायिकाद्धय अनु शाह र रुपा खनाल प्रहरीको श्रीमतीको रुपमा देखिदैछन् । स्रोत अनलाइनखबर
विभिन्न जानकारीको लागि तलको बक्समा क्लिक गर्नुहोस।'

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरेपछि मात्र खुल्नेछ)

v logo

(भिडियो गोप्य राखिएको हुनाले माथिको बक्सभित्र क्लिक गरेपछि मात्र खुल्नेछ)

,

Powered by Blogger.