'नायक राजेश हमालको नाम अब तेजबहादुर''


''सान्नानी तिमीलाई हिर्काउँला लौरिले’, ‘तुलसी आँगनमा रोपौला’ लगायतका नारीलाई सम्बोधन गरिएका गीत गाएर गायक बाबु बोगटी चर्चित भए ।
यसपश्चात उनले चलचित्र ‘सानो संसार’को ‘सानो छ गाउँ’ बोलको गीत गाएर सिने नगरीमा पनि पाइला राखे । उनै बाबु बोगटी ७ बर्षपछि आफ्नो पुरानै परिचयमा फर्किएका छन् ।चलचित्रको नायक भएपछि एल्बम निकाल्न नपाएका बाबुले ७ बर्षपछि ‘प्रायश्चित’ एल्बम बजारमा ल्याएका हुन् ।'
यो एल्बमको काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा सिने नगरीका चर्चित नायक राजेश हमालले बिमोचन गरेका छन् । एल्बममा ७ गीत समावेश गरिएको छ । जसमा बाुब बोगटीले नै संगीत भरेका छन् ।
एल्बममा समावेश गीतमा राजेन घतानी, प्रकाश पोख्रेल, तिर्थ दाहाल, शित्तल कादम्बिनी, जी.एम प्रधान, शुसन खड्काको शब्द छ ।कार्यक्रममा एल्बममा समावेश ‘बाटो’ बोलको गीतको भिडियो पनि प्रदर्शन गरिएको थियो । भिडियोमा केकी अधिकारी र उत्तम गजमेरले अभिनय गरेका छन् । भिडियोमा निर्मल लामाको निर्देशन, हरि हुँमागाइको छायांकन छ ।''
कार्यक्रममा बोल्दै नायक राजेश हमालले बाबु बोगटीको गायन र अभिनय कलाबाट आफू प्रभावित भएको बताए । यस्तै गायक बाबु बोगटीले कार्य व्यस्तताले गर्दा एल्बम निकाल्न नसकेको बताएका थिए ।''
कार्यक्रममा गायक सत्यराज आचार्यले एल्बमको समिक्षा गरेका थिए ।कार्यक्रम संचालन गरिरहेका निर्माता राजेश घतानीले नायक राजेश हमालबाट आफू अत्यन्त प्रभावित भएर आफ्नो नाम परिवर्तन गरेको बताए ।''
उनले आफ्नो नाम तेजबहादुर हमाल रहेको खुलाएका थिए । यसपश्चात नायक राजेश हमालले पनि राजेश घतानीबाट आफू प्रभावित भएको भन्दै कुनै दिन आफ्नो नाम तेजबहादुर हमाल भएको खण्डमा आश्चर्य नमान्न भन्दै ठट्यौली गरेका थिए । तलको बक्समा क्लिक गर्नुहोस।''

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरेपछि मात्र खुल्नेछ)

v logo

(भिडियो गोप्य राखिएको हुनाले माथिको बक्सभित्र क्लिक गरेपछि मात्र खुल्नेछ)

,

Powered by Blogger.